Logo

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना, ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना, ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक



काठमाडौँ । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ ।

laxmi

यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्नेछन् । यस्तै कम ईएमआइ सुविधा मात्र रु. ३९९९ बाट सुरु हुने कम्पनीले जनाएको छ ।

यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने बताएको छ ।

यस योजनासँगै कम्पनीले मात्र रु. ३९९९ बाट सुरु हुने सबैभन्दा कम ईएमआइ सुविधा हाइलाइट गर्दै नेपाल अधिराज्यभर लागु हुने गरि ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL