Logo

बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने

बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने



काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्कले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पनि सहकार्य गर्ने भएको छ । कम्पनीले आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लब (एलसिएफसि) सँग मोबिलिटी पार्टनरको रूपमा पुनः सहकार्यको सम्झौता गरेको हो ।

laxmi

सो साझेदारीले साइमेक्स इन्क र बिवाइडीको प्रविधि र दिगो विकासको साझा प्रतिब‌द्धतालाई जोडेको कम्पनीको भनाइ छ । नोभेम्बर २४ बाट सुरु हुँदै गरेको नेपाल सुपर लिगका नौ फ्रेन्चाइज फुटबल टिमहरू मध्येको एक, ललितपुर सिटी फुटबल क्लबले बाग्मती प्रदेशको ललितपुरको प्रतिनिधित्व गर्दैछ ।

उक्त सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको छ । सिमेक्स इन्क र बिवाइडीकोको दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्नेमा कम्पनी विश्वास्त छ ।

ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने साइमेक्सको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकूदबीचको सहकार्य दर्साउने कम्पनीको जिकिर छ ।

ललितपुर सिटी फुटबल क्लबसँग साइमेक्सको यो पहिलो साझेदारी भने होइन । २०२१ मा भएको नेपाल सुपर लिगको प्रारम्भिक सिजनमा, ललितपुर सिटी फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

साइमेक्स इन्क का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, ‘नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँगको विाइडीको साझेदारीले हामि निकै उत्साहित छौँ । यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बाहिरसम्म, खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारीसाधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरूलाई स्पष्टसँग देखाउने छ भन्नेमा हामी ढुक्क छौँ ।’

ललितपुर सिटी फुटबल क्लब पनि स सहकार्यलाई लिएर उत्तिकै उत्साहित रहेको क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बताउछन् । उनले भने ‘बिवाइडीलाई क्लबको मोबिलिटी पार्टनरका रूपमा पाउँदा हामी गौरवान्वित छौँ र यो सहकार्य फुटबल मैदानबाट बाहिर पनि दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोगी हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
MBL