Logo

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध, सहज रूपमा कर्जा

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध, सहज रूपमा कर्जा



काठमाडौँ । नेटा भीइलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरू २० प्रतिशतको डाउनपेमेण्टमा सहज रूपमा कर्जामा उपलब्ध हुने भएको छ ।

laxmi

गाडी किन्दा ग्राहकहरूलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भरका प्रभु बैङ्क, कामना सेवा बैङ्क, एनएमबी बैङ्क, साथै नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुनेछ।

यो योजना सिजीमोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपाल भरी लागू हुने भएकोले उपरोक्त सुविधा देशभर सबै शो रुममाबाट ग्राहकहरुले लिन सक्नेछन् ।

नेटा भीक्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूलचार्जमा ३८० किलोमिटरसम्मको रन्जे दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियमआयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

यसका साथै हाल नेटा भीमा डिक्की फुल अफर भनी ग्राहक लक्षित योजना पनि चलिरहेको छ, जसमा विभिन्न इलेकट्रोनिक उपकरणहरू उपहारको रूपमा ग्राहकहरूलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL