Logo

हुन्डाई कोनाले नेपालमा सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडीको पहिचान बनाउँदै

हुन्डाई कोनाले नेपालमा सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडीको पहिचान बनाउँदै



काठमाडौं । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले आफनो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा संभवतः पहिलो गाडी हुन्डाई कोना हो । सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएका छन् ।

laxmi

२०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७०० किलोमिटरको यात्रा १७००० फीटको उचाई र १२ डिग्रीको कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो । यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बर्फिलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो ।

नेपालमा सन् २०१९ मा पहिलो चोटी लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ । आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ । ५ वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको छ ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । डिसेम्बर १२ देखि १६, २०२२ मा बेुभ द चेञ्ज अभियान अन्तर्गत र अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निवल’मा हुन्डाईले हाइ भोल्टेज ब्याट्री चेक(अप क्याम्प आयोजना गरेको थियो, जसमा २०० भन्दा बढी सवारीधनीको ईभीमा परीक्षण गरिएको नतिजा अनुसार ४ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९५ प्रतिशत भन्दा बढी पाइएको थियो ।

सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताए । आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै आफू कोनासँग सन्तुष्ट रहेको बताए । आफ्नो विभिन्न यात्राखण्डमा कोना निकै भरपर्दो साबित रहेको समेत उनले बताए ।

विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडी प्रतिको विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ । यीनै कारणहरूले हुन्डाई कोनाले नेपाली अटोबजारमा आफ्नो साखलाई अझै मजबूत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL