Logo

अपाचे ओनर्स ग्रुपद्वारा मार्सल मिटका साथै एनिभर्सरी राइड सम्पन्न

अपाचे ओनर्स ग्रुपद्वारा मार्सल मिटका साथै एनिभर्सरी राइड सम्पन्न



काठमाडौँ । ‘सामूहिक पहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरूको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी)ले असार ८ गते शुक्रबार मार्सल मिट र असार ९ गते आफ्नो एनिभर्सरी राइड कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गरेको छ ।

laxmi

एओजीद्वारा नक्साल स्थित क्राउन प्लाजा होटलमा आयोजित मार्सल मिटमा देशभरबाट १५ जना मार्सलहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरव कुमार पाठक मार्फत सवारी सम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेका थिए ।

त्यसैगरी, कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइडपनि भव्यताका साथ सुसम्पन्न गरेको छ । ७० भन्दा बढी राइडरहरुको सहभागिता रहेको काठमाडौं, भृकुटीमन्डप स्थित नेपाल पर्यटन बोर्डको अफिसबाट सुरु भएको उक्त राइड मिनी इलाम, भोटेचौर पुगेर पुनः साँझ काठमाडौँमै फर्किएर समापन गरिएको थियो ।

उक्त कार्यक्रम मार्फत केही समय अघि एओजीद्वारा आयोजित मार्कयु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवशिस ओझा र सागर थापालाई सम्मान पत्रका साथै मायाको चिनोसहित सम्मान गरेको थियो । साथै, समस्त सहभागी राइडरहरुलाई पनि मायाको चिनो तथा गिफ्ट ह्याम्पर बाँडेको थियो ।

स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरबाट ३००० भन्दा बढी सदस्यहरू बटुल्न सफल भएको छ र हालसम्म च्याप्टर र मार्शल राइड गरि ४२ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेको छ । त्यस मध्ये चित्लाङ सम्मको नाइट राइड र ७००० किलोमिटर लामो अन्तर्राष्ट्रिय राइड पनि रहेको छ । एओजी, बाइकिङ कल्चर प्रवर्धनकै निम्ति नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो ।

प्रतिक्रिया दिनुहोस्
MBL