Logo

बिवाइडीको विद्युतिय सवारीको मूल्य संशोधन, यस्तो छ नयाँ मूल्य

बिवाइडीको विद्युतिय सवारीको मूल्य संशोधन, यस्तो छ नयाँ मूल्य



काठमाडौं । साइमेक्स इंक प्रालिले नेपालमा बिवाइडीको बिद्युतीय सवारीको नयाँ मूल्य निर्धारणको घोषणा गरेको छ । आर्थिक बर्ष २०८०/८१ को बजेट अनुसार करको नितिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गर्ने बाध्यात्मक परिस्थिती आएको कम्पनीले जनाएको छ ।

laxmi

संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । यस घोषणाको मुख्य विशेषताहरु मध्ये एक ४९ दशमलब ९९ किलोवाट ब्याट्री प्याकले सुसज्जित बिवाइडी एटो ३ को कम ब्याट्री क्षमताको संस्करणको परिचय दिनु पनि हो । साथै यसको थप उद्देश्य भनेको ग्राहकहरुको विविध आवश्यकता र प्राथमिकताहरु पूरा गर्ने, दिगो गतिशीलतासंगै किफायतील क्षमतालाई सन्तुलीत गर्ने विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस अघि बिवाइडी एटो ३ एक सय किलोवाट र एक सय ५० किलोवाट मोटर संस्करणमा उपलब्ध थिए । जसको मूल्य हालैको करको दर परिवर्तन अघि क्रमशः ६४.९ लाख र ८९.९ लाख रहेको थियो । मूल्य निर्धारणमा समायोजन पश्चात अब ग्राहकहरुले विकल्पहरु छनोट गर्न सक्नेछन् ।

बिवाइडी एटो ३ एक सय किलोवाटको (६०.४८ किलोवाट ब्याट्रि प्याक) ६५.८८ लाख, बिवाइडी एटो ३ एक सय किलोवाटको (४९.९२ किलोवाट ब्याट्रि प्याक) ५५.९९ लाख र बिवाइडी एटो ३ एक सय ५० किलोवाटको (६०.४८ किलोवाट ब्याट्रि प्याक) ८१.९९ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL