Logo

स्याकार ट्रेडिङले ल्यायो ‘होण्डा चुज योर स्किम’ योजना, एक लाख नगदसम्म जित्न सकिने

स्याकार ट्रेडिङले ल्यायो ‘होण्डा चुज योर स्किम’ योजना, एक लाख नगदसम्म जित्न सकिने



काठमाडौं । होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसर पारेर उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक उपहार योजना ल्याएको हो ।

laxmi

योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले स्क्र्याच कुपनसँगै ८ हजारसम्मको स्पेयर पार्टस् ,इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ वा १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने उल्लेख गरेको छ ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL