Logo

बीवाइडी एट्टो ३ को बुकिङ खुल्ला, फुल चार्जमा अधिकतम ४२० किलोमिटरको रेन्ज दिने

बीवाइडी एट्टो ३ को बुकिङ खुल्ला, फुल चार्जमा अधिकतम ४२० किलोमिटरको रेन्ज दिने



काठमाडौं । बहुप्रतिक्षित बीवाईडीको उत्पादन एट्टो ३ को बुकिङ खुल्ला भएको छ । बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले १०० किलोवाट क्षमताको एट्टो ३ नेपाली बजारमा ल्याएको हो ।

फास्ट चार्जिङ सुविधासहितको एट्टो ३ ले एक पटकको फूल चार्जमा ४२० किलोमिटरको माइलेन्ज रेन्ज दिने कम्पनीको दाबी छ । एट्टो ३ को बजार मूल्य ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसअघि १५० किलोवाट मोटर क्षमतामा उपलब्ध एट्टो ३ १०० किलोवाटमा आएको हो ।

मोटर पावर कम भए पनि बीवाईडी एट्टो ३ को अन्य फिचरमा भने परिवर्तन नहुने बताइएको छ । नेपाली बजारमा हाल उपलब्ध बीवाईडी एट्टो ३ मा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । जसले एकपटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

गाडीले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

बीवाइडीले एट्टो ३ लाई आफ्नो डेडिकेटेड ईभी प्लेटफर्ममा तयार पारेको हो । प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले र ७ वटा एयरब्याग प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL