Logo

होन्डाको लक्की ड्रमार्फत विजेताहरू घोषणा, चन्द्रबहादुरले जिते १५ लाख

होन्डाको लक्की ड्रमार्फत विजेताहरू घोषणा, चन्द्रबहादुरले जिते १५ लाख



काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं तथा तिहारको अवसरमा ल्याएको “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरू घोषणा गरेको छ । जसअनुसार ग्राहकहरूले ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले रु ७ लाख र बम्परमा लक्की ड्र मार्फत एक जनाले रु १५ लाख नगद उपहार प्राप्त गरेका हुन् ।

laxmi

जसअनुसार प्रदेश १ बाट दुर्गा देबी सापकोटा, मधेस प्रदेशबाट अमित कुमार शाह, बागमती प्रदेशबाट मनिशा बज्राचार्य, गण्कडीबाट कृष्ण कुमार आले, लुम्बिनीबाट बिष्णु पोखरेल, कर्णालीबाट सुनिता खत्री र सुदूरपश्चिमबाट लक्ष्मण भट्टले रु. १ लाख नगद उपहार प्राप्त गरेका छन् ।

त्यसैगरी चन्द्र बहादुर थापाले लक्की ड्रमार्फत बम्पर उपहारमा रु. १५ लाख प्राप्त गरेको कम्पनीले जनाएको छ । साथ साथै, फाइनान्समा खरिद गरेका ग्राहकहरूलाई पनि बम्पर लक्की ड्रमा सामेल गरिएको थियो ।
ग्राहकहरुले स्क्र्याच कुपन मार्फत रु ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै इजी फाइनान्सको पनि सुविधा प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL