GBIME
SAMSUNG

हिरोको एक्सप्लस–२०० किन्नेलाई लोमाङ्गथान घुम्ने अवसर


बिजखबर संवाददाता
3 November, 2022 9:53 am

hero xplus

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल माकेटिङले एक्सप्लस–२०० मोटरसाइकल खरिदमा एक अफर ल्याएको छ ।

NABIL
Lamxi_bank

आन्तरिक पर्यटन प्रवर्द्घनको उद्देश्यका साथ कम्पनीले लोमाङ्गथान भ्रमण गराउने अफर ल्याएको हो । जसअनुसार कार्तिक १६ गतेदेखि करिब ३० जनाभन्दा बढी एक्सप्लस–२०० चढ्ने ग्राहकहरुलाई सहभागिता गराउँदै यात्रा सुरु हुनेछ ।

सो यात्रा काठमाण्डौ–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुँदै करिब ९०० कि.मि.को हुने कम्पनीको भनाइ छ । नेपाल जनरल माकेटिङका अध्यक्ष अभिक ज्योतिले हिरोको शोरुमा यात्राको शुभारम्भ गरे ।

सो अवसरमा उनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाइक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL