GBIME
SAMSUNG

प्रोटोनको चाडपर्व अफर ‘गन्तव्य खुशीयालीको’, हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाइने


बिजखबर संवाददाता
15 September, 2022 10:50 am

proton suv

काठमाडौँ । यो दशैं तिहारलाई लक्षित गरेर प्रोटोनले ल्याएको छ ’गन्तव्य खुशीयालीको’ अफर सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिने कम्पनीले जनाएको छ । पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ ।

NABIL
Lamxi_bank

यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना भाद्र ३० गते देखि अधिराज्यभर सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स नेपालको लागि प्रोटोनका गाडीको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL