Logo

इभी एक्स्पो २०२२ को लक्की ड्र सम्पन्न, ४५ कम्पनी सहभागी हुने

इभी एक्स्पो २०२२ को लक्की ड्र सम्पन्न, ४५ कम्पनी सहभागी हुने



काठमाडौं । नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ तथा लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार ईभी एक्स्पोमा भाग लिनेगरी कुल ४५ कम्पनीले नाम दर्ता गराएका छन् ।

laxmi

एक्स्पोमा चार पाँग्रेदेखि तीन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL