Logo

बज्र ग्रुप अन्तर्गतको इभी मोटर्सद्धारा जनकपुरमा लेभ्लिङको २५ औँ शोरुम सञ्चालनमा

बज्र ग्रुप अन्तर्गतको इभी मोटर्सद्धारा जनकपुरमा लेभ्लिङको २५ औँ शोरुम सञ्चालनमा



काठमाडौं । धनुषाको जनकपुरमा लेभ्लिङको २५ ‍औँ शोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुप अन्तर्गतको इभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिङ स्कूटर बिक्री वितरण गर्दै आएको छ ।

laxmi

जसअनुसार जनकपुरका लागि आधिकारिक विक्रेता इन्द्रेणी अटोमोबाइललाई चयन गरिएको छ । जनकपुरधाम ४ स्थित विश्वकर्मा चोकमा रहेको शोरुमको बिहीबार उद्घाटन भएको थियो ।

मिस इन्टरनेसनल २०१७ की विजयी नीति साह र जनकपुर उपमहानगरका मेयर मनोज साहले शोरुमको उद्घाटन गरे भने बज्र ग्रुपका एसिस्टेन्ट जेनेरल म्यानेजर एनके शरद प्रोडक्टको उद्घाटन गरे । कार्यक्रमका सभापति इन्द्रेणी अटोमोबाइलका सञ्चालक रामनाथ साहले लेभ्लिङ ब्राण्ड राम्रो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL