Logo

ग्रेटवाल मोटर्सको सुविधा सम्पन्न सर्भिस सेन्टर अब ललितपुरको चाकुपाटमा

ग्रेटवाल मोटर्सको सुविधा सम्पन्न सर्भिस सेन्टर अब ललितपुरको चाकुपाटमा



काठमाडौं । प्रसिद्ध चिनियाँ मोटर ब्राण्ड ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता जी.डब्लू.एम नेपालले आफ्नो व्यवसायिक दायरा थप विस्तार गरेको छ । कम्पनीले आफ्नो विश्वस्तरीय ब्राण्ड जी.डब्लू.एम गाडी बिक्रीपछि उत्कृष्ट सर्भिस सेवा समेत दिने उद्देश्यले ललितपुरको चाकुपाटमा सुविधासम्पन्न आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

laxmi

हालै मात्र सञ्चालनमा आएको जी.डब्लु.एम सर्भिस सेन्टर विश्वस्तरीय सुविधा सम्पन्न सेन्टर रहेको दाबी गरेको छ । शंखमुल प्लानिङ ११, स्थित चाकुपाटमा सञ्चालनमा आएको सर्भिस सेन्टर कुल ५५ हजार वर्ग फिटमा फैलिएको छ भने यस सेन्टरबाट प्रति महिना ६०० भन्दा बढी सवारी साधनहरुको द्रुत सेवाप्रवाह हुने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । साथै सोही सर्भिस सेन्टरमार्फत सेवाग्राहीले सर्वसुलभ मूल्यमा स्पेयर पार्टस् समेत पाउने कम्पनीले बताएको छ ।

‘आधुनिक युगमा उच्च टेक्नोलोजिमा आधारित सर्भिसिङ सेवा आजको आवश्यकता हो । जुन जी.डब्लु.एम मोटर्सले आत्मसात गरेको छ । हामी गाडी मात्र बेच्दैनौं बिक्रीपछि उत्कृष्ट सर्भिसिङको ग्यारेन्टी समेत गर्छौ’ जी.डब्लू.एम–नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले भने ।

यस्तै, जी.डब्लू.एम सर्भिसका उपमहाप्रवन्धक अजित पटेलले सर्भिस सेन्टरले नवीनतम डायग्नोस्टिक उपकरणसहित ओरिजिनल पार्टस्हरुको प्रयोेग गरी उत्कृष्ट सेवा दिने बताए । उसो त केही समयअघि मात्र नेपाल भित्रिएको जी.डब्लू.एम गाडीले आफ्नो व्यवसायिक दौरानमा छोटो समयमा नै उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।

हाल नेपाली बजारमा जी.डब्लू.एम अर्थात् ग्रेट वाल मोर्टर्सका हाभल एच् ६, हाभल जोलायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरु उपलब्ध रहेका छन् । भने, कम्पनीले पछिल्लो समयमा बढ्दो माग र प्रयोगलाई ध्यानमा राख्दै आफ्नो ब्रान्डको उत्कृष्ट विद्युतीय गाडी ‘ओरा’लाई समेत बजारमा उतार्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL