Logo

विनोद चौधरीको सम्पत्ति ३ खर्ब नजिक, कोरोनाकैबीच थपे ९२ अर्ब बढी सम्पत्ति

विनोद चौधरीको सम्पत्ति ३ खर्ब नजिक, कोरोनाकैबीच थपे ९२ अर्ब बढी सम्पत्ति



काठमाडौं । नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्ति एक बर्षमै ९२ अर्ब रुपैयाँले बढेको छ । कोरोना कहरबीच चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेका हुन् ।

laxmi

विश्वका धनीहरुको सूची प्रकाशित गर्ने हुरुन ग्लोबल रिच लिष्ट २०२१ मा चौधरीको कुल सम्पत्ति २.५ विलियन डलर देखाएको छ । यस अघि सन् २०२० को हुरुनकै रिच लिष्टमा चौधरीको कुल सम्पती १.७ विलियन डलर मात्रै देखाएको थियो । यसैगरी सन् २०१९ को लिष्टमा पनि चौधरीको सम्पत्ति १.७ विलियन डलर नै रहेको देखाएको थियो । तर कोरोनाको समयमा भने चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेको तथ्याङ्कले देखाएको छ ।

हुरुन लिष्ट अनुसार कोरोनाको समयमा चौधरीको सम्पत्तिमा उच्च वृद्धि भएसँगै विश्वभरका धनीहरुको सूचीमा समेत छलाङ मारेका छन् । हुरुन लिष्ट सन् २०२० अनुसार चौधरी विश्वका धनीहरुको सूचीमा १६९२ औं स्थानमा रहेकोमा सन् २०२१ मा प्रकाशित लिष्ट अनुसार १९५ माथि उक्लिदै १४९७ स्थानमा आईपुगेका छन् ।

नेपाली कांग्रेसका समानुपातिक तर्फबाट सांसद समेत रहेका चौधरीको मुख्य गरि चाउचाउ उद्योग र होटेलमा लगानी रहेको छ । यसबाहेक इलेक्ट्रोनिक्स र बैंक तथा वित्तीय सस्थामा पनि चौधरीको लगानी छ । उनी चौधरी समूह अर्थात सीजी ग्रूपका अध्यक्ष पनि हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL