Logo

एचाआईडिसीएल सहित ४ को हकप्रद र इमर्जिङ नेपाल सहित ४ कम्पनीको आईपीओ आवेदन रद्द

एचाआईडिसीएल सहित ४ को हकप्रद र इमर्जिङ नेपाल सहित ४ कम्पनीको आईपीओ आवेदन रद्द



काठमाडौं । धितोपत्र बोर्डले आधादर्जनभन्दा बढी कम्नपीको हकप्रद सेयर र प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रक्रिया रद्द गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले आईपीओ र हकप्रद निष्काशनका लागि आवेदन दिएर बसेका कम्पनीहरुको आवेदन नै रद्द गरिदिएको हो ।

laxmi

बोर्डले एचआईडिसीएसल, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ङादी हाइड्रो र श्रीराम सुगर मिलले हकप्रद सेयर निष्काशनका लागि दिएको आवेदन रद्द गरिदिएको हो । यसैगरी बोर्डले आईपीओ निष्काशनका लागि आवेदन दिएका इमर्जिङ नेपाल, सुभम पावर, तेह्रथुम पावर र सिविआईएल क्यापिटलको समेत आवेदन रद्द गरिदिएको छ ।

आईपीओ तथा हकप्रद सेयर निष्काशनका लागि लामो समयदेखि आवेदन दिएका तर सोका लागि आवकश्यक कागजात नपुर्याएका कम्पनीको आवेदन रद्द गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘हामीले हकप्रद सेयर निष्काशनका लागि अनुमति माग गर्दै आवेदन दिएका कम्पनीसँग आवश्यक कागजात तथा विवरणहरु माग गरेका थियौं,’ उनले भने, ‘तोकिएको समयावधिभित्रै सम्बन्धित कम्पनीले उक्त कागजातहरु उपलब्ध गराउन नसेकेका हामीले उक्त निवेदन नै खारेज गरिदिएका हौं ।’

कुनै पनि कम्पनीले हकप्रद सेयर निष्काशनको लागि माग गरेको ६ महिनाभित्रै आवश्यक कागजात उपलब्ध गराउनुपर्छ । तर हाल रद्द गरिएका कम्पनीले उक्त समयावधिभित्र आवश्कय कागजातहरु उपलब्ध गराउन सकेका थिएनन् । ‘पछिल्लो समय सम्बन्धित कम्पनीहरुले आवश्यक कागजात उपलब्ध गराउन नसक्ने तर बोर्डले अनुमति दिएन भन्दै आएका छन्,’ उनले भने, ‘तसर्थ सम्बन्धित कम्पनीले कागजात उपलब्ध गराउन नसकेका खण्डमा हामीले त्यस्ता कम्पनीको निवेदन नै खारेज गरिदिन थालेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL