Logo

सुन आयातमा कोटा प्रणाली खारेज गर्न माग, व्यवसायीलाईनै आयात गर्न दिन आग्रह

सुन आयातमा कोटा प्रणाली खारेज गर्न माग, व्यवसायीलाईनै आयात गर्न दिन आग्रह



काठमाडौं । नेपालमा गरगहनाका लागि आवश्यक कच्चापदार्थ सुन आफैले आयात गर्न पाउनुपर्ने गरी व्यवसायीहरुले माग राखेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रत्न तथा आभुषण संघले व्यवसायीले नै सुन आयात गर्न पाउनुपर्ने माग राखेको हो ।

laxmi

पत्रकार सम्मेलनमा बोल्दै संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा बैंकले मात्रै हालसम्म सुन ल्याउन पाउने नियमलाई परिवर्तन गर्दै व्यवसायीले पनि ल्याउन पाउने नीति बनाउनुपर्ने बताएकी हुन् । उनले सम्मेलनमा हाल बैंकले निश्चित कोटा तोकेर सुन आफै ल्याउने र उक्त सुनले व्यवसायीलाई नपुग्नेसमेत उल्लेख गरिन । तर अबको नीतिमा भने व्यवसायीले जतिपनि सुन ल्याउन पाउने बनाउनुपर्ने उनको धारणा छ ।

यस्तै उनले प्रतिदिन कम्तिमा पनि सिजनको समयमा ३५ देखि ४० किलो सुनको आयात हुनुपर्नेमा हाल प्रतिदिन १० किलोले मात्रै नेपाली बजारमा नपुगेको बताईन । सरकारले हाल प्रतिदिन १० केजी मात्रै सुन आयात गर्नपाउने गरी निर्णय गरेको छ । जसका कारण नेपाली बजारमा सुन नै नपुग्ने संघका निवर्तमान अध्यक्ष मनिसलाल प्रधानले बताए ।

उनका अनुसार व्यवसायीलाई सरकारले आँखामा छारो हालेझैँ गरेर दैनिक १० किलो मात्रै सुन भित्र्याईरहेको बताए । उनले नेपाली बजारमा १० हजारबढी सुनचाँदी पसलमा प्रत्येकदिन १ ग्राम पनि सुन नपुग्नेगरी सरकारले सुन आयात गरिरहेको आरोपसमेत लगाएका छन् ।

संघको नयाँ कार्यसमितिले पत्रकार सम्मेलनमार्फत आगामी दिनमा गर्ने विभिन्न ९ ओटा बुँदा सार्वजनिकसमेत गरेको छ । जसमा आवश्यक सुन उपलब्धताका लागि पहज गरिने ३ महिनाभित्र जेम ल्याव स्थापना गर्ने नेपालमा रोजगारी सिर्जना गर्न तालिम केन्द्रको स्थापना गर्नेलगायतका कार्यहरु रहेका छन् । संघले आफ्नो नयाँ कार्यसमिति गत पुस २५ गते तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL