Logo

अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प २०२१ सार्वजनिक, लेबर चार्जमा ३० प्रतिशत छुट

अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प २०२१ सार्वजनिक, लेबर चार्जमा ३० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ सार्वजनिक गरेको छ । कम्पनीले देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आईतबारबाट उक्त क्याम्प योजना सुरु गरेको हो । उक्त योजना अन्तर्गत ग्राहकहरुले पार्टस र लुब्रिकेन्टमा ८ प्रतिशत छुट, लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनी उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । उक्त सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ सम्बन्धी जानकारी पनि लिन सक्ने छन् ।

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पीङमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL