Logo

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार १ सय रुपैयाँले उकालो लागेको छ । पछिल्लो समय प्रतिदिन घटबढ भईरहेको सुनको मूल्य मंगलबार भने एकैदिन १ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य मंगलबार बढ्दै प्रतितोला ९६ हजार ४ सयमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्यसमेत प्रतितोला १० रुपैयाँले उकालो लागेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य मंगलबार बढ्दा १ हजार ३ सय ३५ रुपैयाँ प्रतिकिलो पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL