Logo

सामसुङ स्मार्ट महा उत्सव सुरु, योजना कात्तिक अन्तिमसम्म

सामसुङ स्मार्ट महा उत्सव सुरु, योजना कात्तिक अन्तिमसम्म


बिजखबर संवाददाता
27
Shares

सामसुङ ईलेक्ट्रोनिक्सले दशैं र तिहारलाई लक्षित गरी ‘स्मार्ट महा उत्सब’ नामक योजना बजारमा ल्याएको छ । सामसुङको नेपालका लागि आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले संयुक्त रुपमा योजना सार्वजनिक गरेका हुन् ।

योजना असोज १४ देखी कार्तिक २९ सम्म लागू हुनेछ ।

यो योजना अन्तर्गत सामसुङ ईलेक्ट्रोनिक्सको सामसङ टिभी, फ्रिज र वासिङ्ग मेसिनको खरिदमा आकर्षक पुरस्कार पाउन सक्नुहुनेछ । सामसङ टिभीको कुनै पनि मोडल खरिदमा स्टेट अफ द आर्ट सामसङ डिजिटल क्यामेरा, सामसङका लेटेस्ट मोवाईल फोन र टाईमेक्स घडिहरु पाउन सक्नेछन् ।

यस्तै, सामसुङ रेफ्रिजेरेटरको खरिदमा टाईमेक्स घडिहरु र बजाज मिक्सर तथा वासिङ मेसिनको खरीदमा बजाज आइरन प्राप्त गर्न सकिन्छ । “स्मार्ट महा उत्सब” मा कुनै पनि ग्राहकले हात खालि नजाने उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL