Logo

सोमबार पनि नेप्से उच्च गिरावट, दुई दिनमै ३३ अंकले घट्यो

सोमबार पनि नेप्से उच्च गिरावट, दुई दिनमै ३३ अंकले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
१ मंसिर, काठमाडौं । सोमबार पनि नेप्से परिसुचक १८ दशमलव ४७ अंकले घटेको छ । बजार खुलेदेखि सामान्य बढेर ओरालो लागेको नेप्से परिसुचक अन्तत ८ सय ४७ दशमलव ६९ विन्दुमा आएर अडिएको छ । परिसुचक आइतबार पनि १४ अंकले घटेको थियो । आइतबार र सोमबार गरी नेप्से परिसुचक कुल ३३ अंकले घटेको छ ।
सोमबार सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ७८ दशमलवब ५२ अंकले ओरालो लागेको छ । यस्तै, बीमा समुह भने ५२ दशमलव ७९ अंकले घटेको छ । बैंकिङ समुहको परिसुचक पनि द्वुत गतिमा घटेको छ । आइतबार १७ अंकले घटेको बैंकिङ समुह सोमबार परिसुचक १९ अंकले घटेको छ ।
यस्तै, बजारमा होटल, विकास बैंक र अन्य समुहको परिसुचक पनि १० अंकभन्दा बढीले घटेको छ । सवै समुहको परिसुचक ओरालो लागेपनि उत्पादनमुलक समुहको परिसुचक भने ४ दशमलव ६५ अंकले बढेको छ ।
सोमबार बजारमा कारोबार रकम पनि घटेको छ । दिनभर बजारमा कुल १९ करोड ७५ लाख रुपैयाँ बरावरको ५ लाख ६६ हजार कित्ता सेयर किनवेच भएको छ । सोमबार बजारमा सवैभन्दा बढी हिमालयन डिस्टीलरीको सेयर मुल्य ५ दशमलव ७ प्रतिशतले बढेको छ भने महाकाली विकास बैंकले सवैभन्दा बढी ६ दशमलव ६७ प्रतिशतले गुमाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL