Logo

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच सम्झौता, नगद रेमिट्यान्स वालेटमा पाईने

इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङ कम्पनीबीच सम्झौता, नगद रेमिट्यान्स वालेटमा पाईने



काठमाडौं । बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच सम्झौता भएको छ । बहराईनबाट रेमिट्यान्स सेवा सुरु गर्नेगरी आईतबार उक्त २ कम्पनीबीच सम्झौता भएको हो ।

उक्त सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसी को ५५ वटा शाखाहरु साथै बीएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट मा प्राप्त गर्दा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको छ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL