Logo

१५ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, ब्याज र कमिशन आम्दानीमा उच्च वृद्धि

१५ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, ब्याज र कमिशन आम्दानीमा उच्च वृद्धि



काठमाडौं । नागरिक लगानी कोषले आफ्नो आम्दानीमा वृद्धि गरेको छ । कोषले आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरण प्रकाशित गर्दै सो अबधिमा ५४ करोड २६ लाख रुपैयाँ खुद आम्दानी गरेको जानकारी दिएको छ । जबकि कोषले आब २०७५/७६ मा ४६ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

laxmi

कोषले आफ्नो ब्याज आम्दानी र सेवा शुल्क तथा कमिशन आम्दानी बढाएसँगै समग्रमा नाफा बढ्न पुगेको हो । सो अबधिमा कोषले आफ्नो ब्याज आम्दानी ३ करोड १३ लाख रुपैयाँबाट बढाएर ८ लाख २५ करोड रुपैयाँ पुर्याएको छ भने सेवा शुल्क तथा कमिशनलाई ७९ करोड १० लाख रुपैयाँबाट बढाएर ८८ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।

गत १ बर्षको अबधिमा कोषको चुक्ता पूँजी भने ५४ करोड रुपैयाँले बढ्न पुगेको छ । आब २०७५/७६ मा कोषको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेकोमा आब २०७६/७७ मा आईपुग्दा बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL