Logo

रोकिएन नेप्सेको ओरोला यात्रा, रिइन्स्योरेन्स र नेपाल लाईफमा झुम्मिए लगानीकर्ता

रोकिएन नेप्सेको ओरोला यात्रा, रिइन्स्योरेन्स र नेपाल लाईफमा झुम्मिए लगानीकर्ता



काठमाडौं । नेप्से परिसुचकले ओरोलो बाटो समातेको छ । गतहप्तासम्म उकालो लागेको नेप्से परिसुचक यो हप्ता लागेपछि घट्न सुरु गरेको हो ।

बुधबार बजार खुलेदेखि घट्न सुरु गरेको बजार अन्तमा २३ दशमलव ३६ अंकले घट्दै बन्द हुन पुगेको छ । दोहोरो अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

जसमा सबैभन्दा बढी बीमा समुहकै परिसुचक ओरालो लागेको छन् । बजार बढ्दा सबैभन्दा बढीले उकालो लागेका बीमा समुहका परिसुचक घट्दा पनि सोही अनुपातमा ओरालो लागेका छन् ।

बुधबार जीवन बीमा समुहको परिसुचक सबैभन्दा बढी १९० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक १५९ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि २१ दशमलव ७६ अंकको गिरावट आएको छ ।

तर बजारमा बीमा समुहकै कम्पनीहरुको सेयर खरिदबिक्री उच्च हुँदा कारोबार रकम बढ्न पुगेको छ । बजारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको सेयर १५ करोड ७१ लाख रुपैयाँको कारोबार हुँदा दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्सको १० करोड ८१ लाख लाख रुपैयाँको खरिदबिक्री भएको छ ।

दिनभर बजारमा १ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १८७ कम्पनीका ३८ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री भए ।

प्रतिक्रिया दिनुहोस्
MBL