Logo

व्यवसायीले गरे बिहीबारदेखि सार्वजनिक यातायात चलाउने घोषणा

व्यवसायीले गरे बिहीबारदेखि सार्वजनिक यातायात चलाउने घोषणा



काठमाडौं । यातायात व्यवसायीले साउन ८ गतेदेखि अर्थात बिहीबारदेखि सार्वजनिक यातायात संचालन गर्ने घोषणा गरेका छन । मंगलबार एक संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीले उक्त घोषणा गरेका हुन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

laxmi

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।
सोमबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच भएको छलफलमा व्यवसायीका मागका बारेमा छलफल भएको थियो । सोही अनुसार व्यवसायीले सार्वजनिक यातायात चलाउने घोषणा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL