Logo

नाडा अटो शो शुरु, महङ्गा गाडीमा भन्सार छुट दिन नसकिने अर्थमन्त्रीको भनाइ

नाडा अटो शो शुरु, महङ्गा गाडीमा भन्सार छुट दिन नसकिने अर्थमन्त्रीको भनाइ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२९ भदौं, काठमडौं । अर्थमन्त्री डा. रामशरण महतले महङ्गा र धनी वर्गले चढ्ने गाडीमा भन्सार छङ्गा र धनी वर्गले चढ्ने गाडीमा भन्सार छुट दिन नसिकिने बताएका छन् । ‘सुविधा सम्पन्न र महङ्गा गाडी धनी वर्गले नै चढ्ने हुन्,’ नाडा अटो शो २०१५ को उद्घाटन कार्यक्रममा उनले भने ।

यदि व्यवसायीले नेपालमै एसेम्बल गरेर सवारीसाधन बनाउने हो भने सरकार जस्तोसुकै छुट तथा सुविधा दिन तयारको भएको जानकारी दिए । ‘विदेशबाट स्पेयरपार्टस ल्याएर नेपालमै सवारीसाधन बनाउन शुरु गर्नुस स्पेयरपार्टसमा लाग्दै आएको भन्सार छुट गर्न सरकार तयार छ,’ उनले भने, ‘तर, विदेशबाट महङ्गा गाडी आयात गर्दा छुट दिन सकिँदैन ।’ सर्वसाधारणले चढने सवारीसाधनमा ५ प्रतिशत मात्र भन्सार शुल्क लगाएको उनले जानकारी दिए ।

nada

पछिल्लो समय सवारी क्षेत्रबाट राजस्व वापत ठूलो रकम उठाएपनि राज्यले त्यसभन्दा बढी पैसा सोही क्षेत्रमा खर्च गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल अडोमोवाइल डिलर्श एशोसियसनका अध्यक्ष शेखर गोल्छाले व्यवसायीलाई मेला गर्नका लागि स्थान नभएको भन्दै उपलब्ध गराउन आग्रह गरेका थिए । साथै, सरकारले स्पेयरपार्टमा बढी अन्तशुल्क लगाउँदा चोरी पैठारी भएर भित्रने क्रम समेत बढेको उनले जानकारी दिए । सरकारले बढी राजस्व लगाएकै कारण नेपालमा जनसंख्याको तुलनामा कम सवारी साधन भएको उनको गुनासो थियो । जनसंख्याको तुलनामा एकदमै न्युनले मात्र सवारीसाधन प्रयोग गर्दै आएको समेत उनले जानकारी दिए ।

नाडा अटो शोका संयोजक शम्भु दाहालले देशको अवस्था नाजुक अवस्थामा हुँदा पनि मेलामा उल्लेख्य सहभागिता भएको भन्दै प्रसंशा गरेका थिए । यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले देशमा व्यवसायीहरु काम गर्न सक्ने अवस्थामा नभएको भन्दै काम गर्ने वातावरण भनाइदिन आग्रह गरेका थिए ।

nada-auto-show-2015

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले तत्काल २० वर्ष पुराना सवारीसाधन हटाउनु पर्ने बताए । साथै, नेपालमा सवारी प्रदुषण मापदण्ड २०६९ अनुसार सवारीसाधन चल्नका लागि सोही अनुरुप पेट्रोलियम पदार्थ पनि उपलब्ध गराउनुपर्ने बताए ।

मेलामा ३२ देशका कम्पनीहरुको उत्पादन रहेका छन् । कुल ६५ वटा कम्पनीका सवारी साधन, पाटपुर्जा तथा अन्य सेवाजन्य गरी १ सय २० स्टल रहेको संयोजक दाहालले जानकारी दिए । मेलामा १४ ब्राण्डका चारपांग्रे, १५ ब्राण्डका दुइपांग्रे र ५ ब्राण्डका हेभी कमर्शियल भेइकल प्रदर्शनीमा राखिने छ ।

मेलामा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, होन्डा, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्ट्रिक, होन्डा बाइक, केटीएम, महिन्द्रा, अशोक ले ल्यान्ड, भारत बेञ्ज, स्कोर्टस, अप्रिलिया,रोयल इन्फिल्ड, सुजुकी बाइक, टीभीएस बाइक, भेष्पा र यामाहागायतका ब्रान्डहरु प्रर्दशनीमा रहेका छन् । धेरैजसो कम्पनीले अटो शोको अवसरमा नयाँ मोडलका गाडीहरु समेत सार्वजनिक गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL