Logo

साताको अन्तिम दिन साढे ४ अंकले उकालो लाग्यो नेप्से, ९० करोडको कारोबार

साताको अन्तिम दिन साढे ४ अंकले उकालो लाग्यो नेप्से, ९० करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले उकालो लागेको छ । बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक ४ दशमलव ५७ अंकले वृद्धि हुँदै १३ सय ३१ विन्दुमा पुगेको छ ।

बिहीबार दिनभर ४ घण्टा भएको सेयर बजारमा बैंकिङ र ट्रेडिङबाहेकका सबै समुहका परिसुचक उकालो लागेका छन् । बिहीबार बिहानैदेखि उत्तारचढावसहित वृद्धि भएको नेप्सेमा जीवन र निर्जिवन बीमा समुहको परिसुचकमा क्रमशः ६८ र ३९ अंकको वृद्धि भएको छ ।

यस्तै उत्पादनमुलक समुहको परिसुचकमा ३५ अंकको वृद्धि हुँदा होटल समुहको परिसुचक १२ अंकले उकालो लागेको छ ।

बिहीबार दिनभर १ सय ७८ कम्पनीका २२ लाख २६ हजार २ सय ३ कित्ता सेयर किनबेच भएको छ । बिहीबार दिनभरीमा ९० करोड ८० लाख ८६ हजार १ सय ९७ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL