Logo

१५ अंकले बढ्यो नेप्से, बीमा समुहको परिसुचक १ सय १ अंकले बढ्यो

१५ अंकले बढ्यो नेप्से, बीमा समुहको परिसुचक १ सय १ अंकले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२७ भदौ,काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार १५ दशमलव २२ अंकले बढेको छ ।

१ हजार १ सय ८३ दशमलव ९३ अंकमा पुगेर बजार बन्द भएको छ । सेयरबजारमा बढी प्रभाव रहेको बीमा बैंक तथा जलविद्युत समुहको परिसुचकमा भएको बृद्धिले समग्र बजारमा सकारात्मक प्रभाव परेको हो ।
सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय १ दशमलव ६५ अंकले उकालो लागेको छ ।

त्यस्तै जलविद्युत समुहको ३९ दशमलव २४ र बैंकिङ समुहको परिसुचक १६ दशमलव ३१ अंकले उकालो लागेको छ । त्यसैगरी अन्य समुहको ८ दशमलव २२,विकास बैंकको ३ दशमलव १६ र फाइनान्स समुहको २ दशमलव १९ अंकले बढेको छ । यता उत्पादन तथा होटल समुहको परिसुचक भने क्रमशः ५ दशमलव ३५ र ४ दशमलव ८ अंकले ओरालो लागेको छ । सो दिन कारोवारमा आएका १ सय ३५ कम्पनीको ११ लाख ७८ हजार १ सय ४ कम्पनीको ४६ करोड ८१ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL