Logo

नेपाल रेडक्रस र कोका–कोला नेपालबीच साझेदारीको घोषणा, कोभिड-१९ विरुद्धको लडाइमा सहयोग पुर्याउने

नेपाल रेडक्रस र कोका–कोला नेपालबीच साझेदारीको घोषणा, कोभिड-१९ विरुद्धको लडाइमा सहयोग पुर्याउने



काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका–कोला नेपालले साझेदारीको घोषणा गरेका छन् । कोभिड–१९ को महामारीमा संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि साझेदारी गरिएको हो ।

उक्त प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेश, प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ । उक्त परियोजनाको समग्र उद्देश्य कोभिड–१९ को जोखिममा रहेका डाक्टर, नर्स, रक्त टेक्निशियनहरु, एम्बुलेन्स ड्राइभर, मेडिकल टेक्निशियन, क्वारेन्टीन केन्द्रकामानिसहरु तथा समुदायका सदस्यहरु सहितकरिब ६० हजारलाई सेवा पु¥याउने रहेको छ ।

यसै सन्दर्भमा हस्तान्तरण समारोह असार १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा मन्त्री भानुभक्त ढकाल, कोका—कोला नेपाल र नेपाल रेडक्रसका प्रतिनिधिहरुको उपस्थितिमा शुरुवात गरिएको हो । पहिलो चरणको सुरक्षा सामग्रीहरु र स्वास्थ्य सामग्रीहरु मन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीलाई हस्तान्तरण गरेका छन् ।

सामग्रीहरु विभिन्न चरणमा हस्तान्तरण गरिनेछ र पहिलो चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकल मास्क, के–९५ माक्स एक हजार एक सय पचास थान, ५५० थान हुडको साथ डिस्पोजेबल कभर्अल, शुरक्षा चस्मा ३०० वटा, दशहजार जोडी पञ्जा, ४४० थानसुरक्षा बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ४५० र १५ हजार एक सय अठार थान साबुन रहेका छन् । आगामी २ हप्ताभित्र सबै सामग्रीहरु वितरण भइसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL