Logo

‘हुण्डाई गेट सेट गो’ योजना सार्वजनिक, नयाँ गाडी खरिदमा६ लाखसम्म नगद छुट

‘हुण्डाई गेट सेट गो’ योजना सार्वजनिक, नयाँ गाडी खरिदमा६ लाखसम्म नगद छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ भदौ,काठमाडौं । हुण्डाई मोटर्सको नेपालका लागि अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसै तिहारका लागि विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘हुण्डाई गेट सेट गो’ नामको योजना सार्वजनिक गरेको हो ।

योजना अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जानकारी दिएको छ । हुण्डाईको कुनै पनि नयाँ गाडीको खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको इन्स्योरेन्स र बम्पर लक्की ड्र मार्फत ५६ जनाले सामसुङ ग्यालेक्सी एस सिक्स मोबाईल फोन पाउने बताइएको छ ।

कम्पनीले १ जना भाग्यशाली विजेतालाई नयाँ हुण्डाई क्रेटा एसयुभी पाउने छन् ।

त्यस्तै एक्सचेन्ज अफर पनि कम्पनीले दिएको छ । जसअन्तर्गत ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको पुरानो गाडीसँग नयाँ हुण्डाई गाडी साट्न सकिने व्यवस्था गरेको जानकारी दिइएको छ ।

कम्पनीले हरेक नयाँ हुण्डाई गाडीमा ३ वर्षको वारेण्टी, तीन वर्ष निःशुल्क सर्भिसिङ र चालु आर्थिक वर्षको सवारीकर र निःशुल्क नामसारी प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL