Logo

दराजले सुरु गर्यो दराज फस्ट गेम्स, निशुल्क अनलाइन गेम खेलेर आकर्षक उपहार जित्न सकिने

दराजले सुरु गर्यो दराज फस्ट गेम्स, निशुल्क अनलाइन गेम खेलेर आकर्षक उपहार जित्न सकिने



काठमाडौं । अनलाइन बजार दराजले दराज फस्ट गेम्स (डिएफजी) संचालनमा ल्याएको छ । जहाँ दाराज प्रयोगकर्ताहरूले निशुल्क अनलाइन गेमहरू खेल्न पाउनेछन । साथै दराज भाउचरहरूसहित अन्य रोचक पुरस्कारहरु जित्न सक्छन ।

लकडाउनका कारण घरैमा बस्दा अल्छिपनालाई हटाउन बिभिन्न खेलहरु पछिल्लोसमयमा लोकप्रीय बँदै गएको छ । नेपालका ग्राहकहरुको मनोरन्जनको बढ्दो माग पूरा गर्न दराजले विस्वकै सबै भन्दा लोकप्रीय गेमिंग प्लेटफर्महरु मध्ये एक पेटीएम फस्ट गेम्ससँग मिलेर डिएफजी शुरू गरेको हो ।

पेटीएम सँगको साझेदारीका साथ दराजले पेटीएमको उच्च प्रविधि र डिजिटल गेमिंग क्षेत्रमा रहेको अनुभवको फाइदा लिन सक्नेछ । र डिएफजी का साथ दराज प्रयोगकर्ताहरूले एउटै प्लेटफर्ममा सबै प्रकारका विश्व प्रसिद्ध गेमहरूको फाईदा लिन सक्ने दराजको विश्वास रहेको छ ।

दराज फस्ट गेम्समा प्रयोगकर्ताहरुले रेसिंग, एक्शन, शुटिंग, र आर्केड र अन्य अरु प्रकारक गेमहरु निशुल्क खेल्न पाउनेछन । साथै गेमरहरूले दुबै टोर्नामेन्ट मोड र १ः१ मोडमा भाग लिन सक्नेछन । जहाँ उनीहरूले आफ्ना साथीभाइ, परिवार वा अन्य प्रयोगकर्ताहरूसँग अनलाइन खेल्न सक्ने दराजले जानकारी दिएको छ ।

प्रयोगकर्ताहरुले डिएफजीमार्फत १६ सय रुपैयाँसम्मको भाउचरसहित अन्य पुरस्कारहरू जित्न सक्नेछन् जुन उनीहरूले अनलाइन शपिङ गर्दा प्रयोग गर्न सक्नेछन । हाल गेमरहरूले दराज फस्ट गेम्समा १९ ओटा गेमहरु खेल्न सक्नेछन । जसमा लुडो, निन्जा डुअल, बाइक रेसिंगलगायतका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL