Logo

ग्यापु अनलाईन र सेल्सवेरीबीच सम्झौता, ग्यापुको खाध्य सामग्री सेल्सवेरीका शाखाबाट पाईने

ग्यापु अनलाईन र सेल्सवेरीबीच सम्झौता, ग्यापुको खाध्य सामग्री सेल्सवेरीका शाखाबाट पाईने



काठमाडौं । नेपालको अनलाईन बजार ग्यापु र डिपाटमेन्टल स्टोर सेल्सवेरीबीच सम्झौता भएको छ । सम्झौता अनुसार खाद्य वस्तुहरू र घरमा चाहिने आवश्यक सामानहरुको काठमाडौ उपत्यका भित्र र बाहिर ग्यापुले डुवानी गर्नेछ । सेल्सवेरीको शाखाहरु देशको विभिन्न ठाँउमा भएकोले एकै दिनमा सामानहरु डुवानी हुने आशा ग्यापुको विश्वास रहेको छ ।

laxmi

ग्यापु र सेल्सवेरीको सम्झौताले दैनिक उपभोक्ताको बस्तुहरु २४ घण्टा भित्रै देशको विभिन्न भागहरुमा पुग्ने छ । सेल्सवेरीले काठमाडौ, बनेपा र पोखरामा २३ वटा विभिन्न शाखाहरुबाट सेवा दिदै आएकोले अब त्यहि शाखाहरुबाट सोहि दिन ग्यापुले सेवा प्रदान गरिने छ ।

सम्झौता अनुसार ग्यापुको खाद्य वस्तुहरू सेल्सवेरीमार्फत पाउन सक्नेछन । साथै ग्यापुले प्रदान गरिने अफरहरुकोसमेत लाभ लिन सकिने छ । बन्दाबन्दी सकेपछि ग्यापुले काठमडौ उपत्यका वाहिर आफ्नो सेवा प्रदान गर्ने पुर्ण तयारीसमेत गरेको छ ।

यस बाहेक सेवाग्राहीहरुले २४ घण्टा भित्र निशुल्क डुवानी, अग्रिम भुक्तानीमा इसेवाबाट क्यासब्याक, ग्यापुको विशेष अफरहरुको पनि उपभोक गर्न सकिने छ । सेवाग्राहीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक कार्ड, आईएमई पे, फोन पेलगायत कनेक्ट आईपीएस, खल्ती, प्रभु पे, जी क्यास वा सामान प्राप्त गरे पछि तिर्ने विकल्पहरुबाट सामानहरु खरिद गर्न सकिने ग्यापुले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL