Logo

एकै दिन ५० अंकले बढ्यो नेप्से, ३४ करोडको कारोवार

एकै दिन ५० अंकले बढ्यो नेप्से, ३४ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० साउन, काठमाडौं । काठमाडौं । आइतबार आधा घण्टा पनि राम्रोसँग नखुलेको सेयर बजारमा ५० अंकभन्दा बढीले बढेको छ । सो अवधिमा २ पटक सर्किट ब्रेक लागेको नेप्से ३ पटकमा लागि दिनभरका लागि बन्दा भएको हो । दिनभर कारोवार भएका अघिकांश कम्पनीको सेयर मुल्य बढेको छ ।

नेप्सेले सवाँ १ बजे तेस्रो पटक सर्किट बे्रक लागेपछि दिनभरका लागि बजार बन्द गरेको थियो । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि त्यसको असर सेयर बजारमा परेको हो ।

बजारमा सवै समुहका सेयर परिसुचक उकालो लागेको छ । जसमा सवैभन्दा बढी बीमा समुह २ सय अंकले बढेको छ भने जलविद्युत् समुह पनि १ सय अंकले बढेको छ । त्यसैगरी सेयर बजारमा प्रभाव पार्ने बैंकिङ् समुहको परिसुचक पनि ६० अंकले बढेको छ ।

दिनभर १ सय १४ वटा कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ३४ करोड रुपैयाँ बरावरको १७ लाख कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL