Logo

फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज ल्याउँदै ओपो, मार्च ६ तारिक सार्वजनिक गर्ने तयारी

फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज ल्याउँदै ओपो, मार्च ६ तारिक सार्वजनिक गर्ने तयारी



काठमाडौं । स्मार्ट फोन ओपोले आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने भएको छ । ओपोले यही मार्च ६ तारिकका दिन आफ्नो युटुब च्यानलमार्फत ग्लोबल लञ्च गर्ने भएको हो ।

laxmi

ओपोले निरन्तर नवप्रबर्तन, सम्भावनाको खोजी तथा आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न ओपो फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने भएको हो । आफ्ना हरेक उत्पादनका लागि उपभोक्ताका प्रतिक्रियालाई विशेष प्राथमिकतामा राख्दै ब्राण्डले रिचर्स एण्ड डेभलपमेन्टमा लगानी गर्दै नयाँ ओपो फाइन्ड एक्सटू उत्पादन गरेको कम्पनीले जानकारी दिएको छ ।

फाइन्ड एक्सटू सिरिजमा ओपोले अहिले सम्म विकसित गरेकै मध्य सर्वाधिक अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको कम्पनीको दाबी छ । उक्त स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र आरामदायी स्क्रिन अनुभव प्राप्त हुने छ ।

फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिनुका साथै अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई प्रिमियम फोटो गुणस्तर र फोकसिङ पफमेन्स प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । साथै, फाइन्ड एक्सटू सिरिजले एसए÷एनएसए डुअल(मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५ को प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL