Logo

सोनम गेयरका विन्टर सेल अफर सार्वजनिक, उत्पादनमा ६० प्रतिशतसम्म छुट

सोनम गेयरका विन्टर सेल अफर सार्वजनिक, उत्पादनमा ६० प्रतिशतसम्म छुट



काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ ।

योजना अन्तरगत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा ६० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । उक्त छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम सेट, स्वेटर, कोट, ट्रेकिङका पोसाक, टेण्ट, ब्यागलगायत उत्पादनहरु उपलब्ध रहेका छन् ।

उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्याण्डमार्क मल, भरतपुरका सोरुममा सोनम गेयरका उत्पादनहरु उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL