Logo

आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना, ३०० बढी आईडीया प्रदर्शन

आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना, ३०० बढी आईडीया प्रदर्शन



काठमाडौं । आईसेकले नेपालमा ‘एक्सन फर एसडीजी’ कार्यक्रमको आयोजना गरेको छ । कोकाकोलाले प्रायोजन गरेको उक्त कार्यक्रम शनिबार र्याडिसन होटलमा आयोजना गरिएको हो ।
कार्यक्रममा ३ सय भन्दा बढि युवाहरु आफ्ना अद्भुत आईडियाहरु २० भन्दा बढि कम्पनीहरुले उत्पादनमा रुपान्तरण गर्न मद्दत तथा मार्गदर्शन गरेका थिए । यस्तै १० भन्दा बढि विशेषज्ञहरुले आफुलाई अगाडि बढ्ने हौसला, योगदान, संघर्ष र सिकाईहरुका अनुभव साटेका थिए ।

laxmi

यो कार्यक्रमले आफ्ना विचार, उत्पादन र सेवाहरुमार्फत एसडीजीमा केन्द्रित रहेर समाजमा परिर्वतन गर्न चाहने युवाहरुका लागि प्लेटफर्म प्रदान गरेको छ । ५ केन्द्रित एसडीजीहरु गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी र सरसफाई, शान्ति, न्याय र कडा संस्था तथा लक्ष्यका लागि साझेदारी रहेका छन् ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हामी युवाहरुलाई आधारभुत जीवन र व्यवसायीक सीप तथा प्रभावशाली सञ्जालको प्रवधानमार्फत नेतृत्वको यात्रामा सहयोग गर्न पाउँदा निकै खुशी छौं । हामी यो महत्वपूर्ण पहललाई निरन्तर सहयोग गर्न जारी राख्नेछौं र समुदायमा पुर्याउने सकारात्मक परिर्वतनलाई विकसित गर्नेछौं । ऊर्जावान र उत्साहित युवाहरु एकसाथ समुदायमा अझ बढि प्रभाव पार्ने कार्यहरुमा लाग्नु यो हाम्रो लागि प्रेरणाको कुरा हो ।’

शिर्ष ३ आइडियाहरुलाई ६० प्रतिशत माथि उल्लेखित स्पिकरहरुले र ४० प्रतिशत खल्तीको पोलिङ्ग प्रणालीमार्फत दर्शकहरुले चयन गरेका हुन् । शिर्ष ३ विजेता नवराज खनाल, इमिशा पोखरेल र टिम तथा कृतिका कार्कीले सिड फण्डिङ्ग र ६ महिनासम्म आईसेकबाट उनीहरुको आईडियालाई जुन महिनाको अन्त्यसम्म वास्तविकतामा ल्याउन सहयोग गर्नेछन् । कार्यक्रममा खल्ती, र्याली इन्टरनेशनल, रेस्टलेस डेभलपमेन्ट, भीएसओ र संयुक्त राष्ट्रसंघको सहकार्यमा क्याथे पेसिफिक र प्लान इन्टरनेशनलले सह–प्रायोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL