Logo

रन सुजको साँवा भन्दा ब्याज ठुलो अफर सार्वजनिक, स्क्र्याच मार्फत २ लाख पाउन सकिने

रन सुजको साँवा भन्दा ब्याज ठुलो अफर सार्वजनिक, स्क्र्याच मार्फत २ लाख पाउन सकिने



काठमाडौं । रन सुजले दशै तिहार लक्षित उपहार योजना ‘साँवा भन्दा ब्याज ठुलो’ योजना सार्वजनिक गरेको छ ।

laxmi

उक्त उपहार योजना अन्तरगत प्रत्येक जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन मार्फत स्क्र्याच गरी आफुले बोक्नसक्ने जति पैसा प्राप्त गर्न सक्नेछन । साथै २ लाख रुपैयाँ सम्म नगद समेत प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार योजनामा ७ वटै प्रदेशवाट ७ जनालाई आफुले बोक्न सक्नेजति रुपैयाँ र स्क्र्याच कार्ड मार्फत २ लाख सम्म नगद प्राप्त गर्न सकिने छ । स्वदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन तथा आगामी दिनमा उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नु कम्पनीको लक्ष रहेको छ ।

साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा रन सुजले विशेष जोड दिएको कम्पनीको दाबी रहेको छ । रन सुजले जुत्ता तथा चप्पलहरुका नयाँ मोडलहरु करिब २५० मोडल समेत सार्वजनिक गरेको छ । नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज स्कुल कलेज सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन् ।

रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत रहेकोे छ । यो योजना सिमित अवधि सम्मका लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL