Logo

अल्काटेलका स्मार्टफोनहरु नेपाली बजारमा, बजारमूल्य २,००० देखि १४,००० सम्म

अल्काटेलका स्मार्टफोनहरु नेपाली बजारमा, बजारमूल्य २,००० देखि १४,००० सम्म



काठमाडौं । अल्काटेल ब्राण्डको मोबाईल फोन नेपालमा भित्रिएको छ । मोबाइल फोन ब्राण्ड टिसिएल कम्यूनिकेसन अन्तरगतको उक्त ब्राण्डले नेपालमा विभिन्न मोबाईलहरु ब्राण्डहरु भित्र्याएको हो ।

laxmi

कम्पनीले अल्काटेल वान, अल्काटेल १एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ (३जीबी र्याम प्लस ३२जीबी स्टोरेज), र अल्काटेल ३ (४जीबी र्याम र ६४जीबी स्टोरेज) स्मार्टफोनहरु तथा अल्काटेल २०५३ डी, अल्काटेल २००३डी, अल्काटेल १०६६डी फीचर फोन सेगमेन्टमा नेपालमा उपलब्ध गराएको छ । यसका अतिरिक्त कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसेसरिजमा ६ महिनाको वारेन्टी दिएको छ ।

कम्पनीले १ सय ६० भन्दा बढि देशहरुमा आफ्नो बिक्री संचालन गरिरहेको छ । कम्पनीले नेपालमा अल्काटेल वानः इमर्सिभ फूल भ्यू १८ः९ रेसियो डिस्प्ले र सोसियल रेडी क्यामरा फोनको बजार मूल्य रु ८ हजार २ सय ४९ रुपैयाँ तोकेको छ । यस्तै कम्पनीले अन्य फोनको मूल्य १ हजार ९ सय १० रुपैयाँ देखि १४ हजार ७ सय ९९ रुपैयासम्म तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL