Logo

बजार ६ अंकले घट्दा ९४ करोडको कारोबार, थैरै सेयर हुँदा शिवममा बढ्यो चलखेल

बजार ६ अंकले घट्दा ९४ करोडको कारोबार, थैरै सेयर हुँदा शिवममा बढ्यो चलखेल



काठमाडौं । केही समय उच्च रुपमा बढेको सेयर बजार पुनः घट्न सुरु गरेको छ । साताको अन्तिम दिन केही समय बढेको बजारमा अन्तमा ओरालो लाग्दै ५ दशमलव ६४ अंकले घट्न पुगेको छ । साताको १३ सय अंक माथी पुगेको बजारमा अन्तिम दिन १२ सय ९२ अंकमा झरेर अडिएको छ ।

बिहीबार बजारमा निर्जीवन बीमा समुह र उत्पादनमुलक समुहको परिसुचक बढ्दा अन्य सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जिवन बीमा समुहको परिसुचक ५४ अंकले घट्न पुगेको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ् समुहको परिसुचकमा पनि ८ दशमलव ३१ अंकले घट्दा पुगेको छ । यसैगरी विकास बैंक समुहको परिसुचक ७ दशमलव ६८ अंकले घट्दा होटल समुहमा १२ अंकको गिरावट आएको छ ।

घट्दो बजारमा निर्जीवन बीमा समुह र उत्पादनमुलक समुहको परिसुचकमा भने दोहोरो अंकको वृद्धि भएको छ । निर्जीवन बीमा समुह ५० अंकले बढ्दा उत्पादनमुलक समुहको परिसुचक ३६ अंकले उकालो लागेको छ ।

घट्दो बजारमा शिवम सिमेन्टमा लगानीकर्ताको चाप देखिएको छ । सो कम्पनीको बजारमा सेयर सप्लाई कम हुँदा लगानीकर्ताहरु झुम्मिएको एक लागनीकर्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL