Logo

इन्टेक्सको अक्वा स्टार टु बजारमा, मूल्य रु.१३ हजार

इन्टेक्सको अक्वा स्टार टु बजारमा, मूल्य रु.१३ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

६ चैत,काठमाडौं । इन्टेक्सको नयाँ स्मार्टफोन ‘अक्वा स्टार२’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागी इन्टेक्स मोवाइलको आधिकारिक विक्रेता इओएल प्रालिले सो स्मार्टफोन बजारमा भित्राएको हो ।

अक्वा स्टार टुको बजार मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

१ दशमलव २ गीगाहर्ज क्वार्डकोर प्रोसेसर भएको सो स्मार्टफोनमा १ जीबी र्याम, ८ जीबी इन्टरनल स्टोरेज, ५ इञ्चको डिस्प्ले, २ हजार एमएएच क्षमताको ब्याट्रि लगायतका सुविधाहरु रहेका छन् ।

त्यस्तै स्मार्टफोनको अगाडि रहेको ५ मेगापिक्सेल क्यामेराले उत्कृष्ट सेल्फि लिन सकिन्छ । स्मार्टफोनमा ८ मेगापिक्सलको व्याक क्यामरा छ । कम्पनीले स्मार्टफोन खरिद गर्ने ग्राहकलाई १६ जीबीको मेमोरी कार्ड उपहार दिने बताएको छ । कम्पनी चौधरी गु्रपको भगिनी संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL