Logo

ग्याँस उद्योगीको १० बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा, ३० गतेदेखि बिक्री वितरण बन्द

ग्याँस उद्योगीको १० बुँदे माग सहित आन्दोलनका कार्यक्रम घोषणा, ३० गतेदेखि बिक्री वितरण बन्द



काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले आन्दोलनमा उत्रने घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै १० बुँदे माग सार्वजनिक गर्दै आफ्ना माग पुरा नभए ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने घोषणा गरेका हो ।

laxmi

संघले ग्याँस आयातको कोटा निर्धारण ६/६ महिनामा गरिनुपर्ने, नेपाली बुलेट संलानमा ल्याउनुपर्ने, ग्यास उद्योगको संचालन खर्च र बिक्रेता तथा वितरकको कमिशन बढाउनुपर्ने, तराईमा घटाइएको कमिशन बढाउनुपर्ने लगायत माग राख्दै आन्दोलका कार्यक्रम सार्वजनिक गरेको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । पछिल्लो समय उद्योग नै चलाउन नसक्ने अवस्था आएकाले बाध्यतावश आन्दोलनमै उत्रनुपरेको उनको गुनासो थियो ।

यसैगरी आयल निगमले नियम विपरित जथाभावी नयाँ ग्याँस उद्योग संचालनका लागि लाईसेन्स वितरण गरेको , देश संघीयतामा गएसँगै अनावश्यक रुपमा थपिएको स्थानीय कर, जनचेतनाका कार्यक्रम संचालन, बिक्री मूल्य कटौती भएको लगायतका माग राखी आन्दोलनमा उत्रिएका हुन् ।

संघले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद नगर्ने, फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री गर्ने हड्तालका कार्यक्रम घोषणा गरेको छ ।

लामो समयको राजनीतिक संक्रमण र निर्वाचनका कारण उद्योगीले घाटामै उद्योग चलाएपनि सरकारले आफ्नो माग नसुन्दा बन्दहड्तालका कार्यक्रम सार्वजनिक गर्नुपरेको भण्डारीले जानकारी दिए । साथै सो अबधिमा समस्याका कारण धेरै उद्योग खरिदबिक्री भएको र कतिपय उद्योगीले घरखेत बिक्री गरेर उद्योग चलाउनु पर्ने बाध्यता भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL