Logo

साताभर सेयर कारोबार ३२ प्रतिशतले घट्दै ८० करोडमा खुम्चियो, परिसुचकमा सामान्य सुधार

साताभर सेयर कारोबार ३२ प्रतिशतले घट्दै ८० करोडमा खुम्चियो, परिसुचकमा सामान्य सुधार



काठमाडौं । पछिल्लो समय दैनिक रुपमा सेयर कारोबार रकम घट्दै गएको बजारमा यो साता ८० करोड ३० लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । साताको ४ दिन खुलेको बजारमा औषतमा दैनिक २० करोड रुपैयाँको सेयर कारोबार हुन पुग्यो । यो कारोबार रकम गत साताको भन्दा ३१.८१ प्रतिशत कम हो ।साताभर कुल १ सय ८० कम्पनीहरुको कारोबार भएको छ ।

जसमा ११ हजार ७ सय ८८ कारोबारबाट २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । गत साता १ सय ८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ६ सय २० कारोबारबाट १ अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यो सातामा सेयर कारोबार रकम घटेपनि नेप्से परिसुचक भने ५ दमलव ९७ अंकले बढेर १ हजार १ सय ८१ अंकमा पुगेको छ ।

कारोबार रकमको आधारमा यो साता नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडी रहयो । सो बैंककको ७ करोड ३९ लाख ६० हजार रुपैयाँको सेयर खरिदबिक्री हुन पुग्यो भने नेपाल लाईफ इन्स्योरेन्स कम्पीको ४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL