Logo

बिदा पछि खुलेको बजारले देखायो ग्रीन सिग्नल, कारोबार रकमले छाड्दै साथ

बिदा पछि खुलेको बजारले देखायो ग्रीन सिग्नल, कारोबार रकमले छाड्दै साथ



काठमाडौं । मंगलबार बजार खुलेदेखि नै सामान्य उतारचढाव भएको सेयर बजार अन्तमा सामान्य बढ्न पुगेको छ । सोमबारको बिदा पछि खुलेको सेयर बजारले लगानीकर्तामा समान्य आशा जगाएको छ ।

मंगलबार नेप्से परिसुचक १ दशमलव ३७ अंकले बढ्दै १ हजार १ सय ७७ अंकमा पुगेर अडिएको छ । जसमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक बढ्न पुगेको छ ।

दिनभर समान्य बढेको बजारमा जीवन बीमा समुहको परिसुचक भने ३० अंकले ओरालो लागेको छ । तर, बजारमा कुनै पनि समुहको परिसुचकमा ठूलो उतारचढाव भने आएन ।

बजारमा समान्य ग्रीन सिग्नल देखिएपनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल १९ करोड रुपैयाँको सेयर कारोबार भयो । जसमा १ सय ५४ कम्पनीको ६ लाख २२ कित्ता सेयर खरिदबिक्री भएको छ । दिनभर ३ कम्पनी बाहेक अन्यको कारोबार रकम १ करोड रुपैयाँ छुन सकेन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL