Logo

बजार पूँजीकरणमा ५ कम्पनीको २६ प्रतिशत हिस्सा, सबैभन्दा बढी टेलिकमको १ खर्ब १० अर्ब

बजार पूँजीकरणमा ५ कम्पनीको २६ प्रतिशत हिस्सा, सबैभन्दा बढी टेलिकमको १ खर्ब १० अर्ब



काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको बाहुल्यता रहेको नेपालको पूँजी बजारमा त्यसमा पनि सिमित कम्पनीको प्रभाव बढी रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार सेयर पूँजीकरणमा विभिन्न ५ कम्पनीको मात्रै २६ प्रतिशतभन्दा बढी हिस्सा रहेको छ ।

पछिल्लो तथ्याङ्क अर्थात यो हप्ताको आईतबारसम्म सेयर बजार पूँजीकरण घटेर १३ खर्ब ९८ करोड ७३ लाख रुपैयाँमा झरेको छ । सोमध्ये ५ कम्पनीको मात्र बजार पूँजीकरण ३ अर्ब ६३ अर्ब रुपैयाँ रहेको छ ।

बजारमा पूँजी आधारमा टेलिकम सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको छ । पछिल्लो समय सेयर बजारमा टेलिकमको १ खर्ब १० अर्ब रुपैयाँ बराबरको सेयर पूँजीकरण रहेको छ । बजारमा संस्थापक र साधारण सेयरको कारोबार मूल्य फरक फरक रहेपनि नेपाल स्टक एक्स्चेञ्जले भने साधारण सेयरको कारोबार मूल्यलाई आधार मानेर बजार पूँजीकरण गर्दै आएको छ ।

यसैगरी दोस्रो स्थानमा रहेको नबिल बैंकको बजार पूँजीकरण ७६ अर्ब २२ करोड रुपैयाँ छ । जसको नेप्सेमा ८ करोड ८ लाख कित्ता सेयर सूचीकृत छ भने साधारण सेयरको बजार मूल्य ९ सय ४३ रुपैयाँको हाराहारीमा रहेको छ ।

यसैगरी टेलिकम पश्चात बजार पूँजीकरणमा सबैभन्दा ठूलो कम्पनीमा बैंकिङ् क्षेत्र नै रहेको छ । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको ६६ अर्ब ६४ करोड, स्टयाण्डर्ड चाटर्ड बैंकको ५७ अर्ब १२ करोड र एभरेष्ट बैंकका ५३ अर्ब ९१ करोड रुपैयाँ बजार पूँजीकरण छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL