Logo

धितोपत्र बोर्डका निर्देशक डा.अधिकारीले भने, ‘अर्थमन्त्रीको अनुत्पादक शब्द र पूँजीगत लाभकर बढ्दा सेयर बजार धरासयी’

धितोपत्र बोर्डका निर्देशक डा.अधिकारीले भने, ‘अर्थमन्त्रीको अनुत्पादक शब्द र पूँजीगत लाभकर बढ्दा सेयर बजार धरासयी’



काठमाडौं । धितोपत्र बोर्डले निर्देशक डा. नवराज अधिकारीले सरकारले बजेटमार्फत सेयर खरिदबिक्री वापतको पूँजीगत लाभकर बढाउनु गलत भएको बताएका छन् । ‘यदि सेयर बजार बुझेका अर्थमन्त्री हुन् भने सेयर लाग्दै आएको पूँजीगत लाभकर बढाउनु हुँदैन्थ्यो,’ नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘सरकारको अल्पकालिन सोचका कारण सेयर बजारमा समस्या उत्पन्न भएको छ ।’

अर्थतन्त्रको बागडोर सम्हाल्ने व्यक्तिले पूँजी बजारलाई अनुत्पादक क्षेत्र भन्दिदा समग्र लगानीकर्ताको मनोवल खस्किएको समेत उनको आरोप थियो । सरकारले कर संकलनको नाममा सेयरमा पूँजीगत लाभकर बढाउँदा सरकारी ढुकुटीमा जम्मा हुने राजस्वमा झन संकुचन आएको समेत उनले जानकारी दिए ।

सेयर कारोबारमा लाग्ने व्यक्तिगत पूँजीगत लाभकर ५ प्रतिशतबाट साढे ७ प्रतिशत पुर्याउँदा बजारमा कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको उनको तर्क थियो । ‘सरकारले बजेट ल्याउनुपूर्व बजारमा दैनिक १ अर्ब रुपैयाँ बराबरको कारोबार हुँदै आएको थियो,’ उनले भने, ‘पूँजीगत लाभकरकै कारण अहिले दैनिक कारोबार १७ देखि २० करोड रुपैयाँमा खुम्चिएको छ ।’ जसका कारणले सरकाले सेयर कारोबारबाट प्राप्त गर्ने राजस्वमा समेत अघिल्लो आर्थिक बर्षको तुलनामा गत आबमा उल्लेख्य गिरावट आएको उनको भनाई थियो ।

यस अघि धितोपत्र बोर्डले धितोपत्र सुचिकरण विनियमावलीमा बोर्डले कम्पनीको सुचिकरण शुल्क घटाई स्वीकृतिका लागि पठाएकोमा नेप्सेको बोर्डबाट पुर्नविचार गर्न बोर्डबाट माग भएबमोजिम नै शुल्क राखी पठाउनु पर्ने बाध्यता भएको समेत उनले खुलस्त पारे । कारले पछिल्लो समय वित्तीय सुधारका नाममा स्वायत्त निकायलाई आफु मातहत राख्न खोजेको र त्यसले आगामी दिनमा वित्तीय अस्थिरता निम्त्याउने समेत उनले जानकारी दिए ।

विशेषगरी सरकारले बीमा सम्बन्धी ऐनलाई आफु अनुकुल परिमार्जन गरी बीमाको दायरालाई संकुचन गर्न लागेको समेत उनको आरोप थियो । सरकारले समितिलाई प्राधिकरण बनाउदा बीमा समितिका कर्मचारीलाई स्वत प्राधिकरणमा कर्मचारी हुनेछन् भन्नु पर्नेमा सो व्यवस्था हटाएर गलत गरेको समेत उनको आरोप थियो । यसैगरी ससरकाले बीमा शुल्कमा शुन्य दमलव ५ प्रतिशतका दरले कर लगाउँदा बीमा व्यवसाय झन संकुचन हुने समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL