Logo

प्राईम लाईफको नाफा ३६ प्रतिशतले बढ्यो, १ बर्षमा कमायो २१ करोड ६३ लाख

प्राईम लाईफको नाफा ३६ प्रतिशतले बढ्यो, १ बर्षमा कमायो २१ करोड ६३ लाख



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्षमा आफ्नो नाफा ३६ प्रतिशतले बढाएको छ । कम्पनीले आर्थिक बर्ष २०७३÷७४ मा कुल १५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा आर्थिक बर्ष २०७४/७५ मा त्यसलाई बढाएर २१ करोड ६३ लाख रुपैयाँ पुर्याएको हो ।

सो अबधिमा कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै कम्पनीले कम्पनीले ४० करोड ५६ लाख रुपैयाँ दाबी भूक्तानी गरेको छ । कम्पनीले अझै ८१ लाख रुपैयाँको दाबी भूक्तानी गर्न बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ।
यस्तै कम्पनीले विभिन्न कोष अन्तर्गतका रकम बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर १८ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL