Logo

१८ औं फ्लोरा एक्स्पो हुँदै, ४ सय भन्दा बढी फूल प्रदर्शन गरिने

१८ औं फ्लोरा एक्स्पो हुँदै, ४ सय भन्दा बढी फूल प्रदर्शन गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२ चैत, काठमाडौं । १८औं फ्लोरा एक्स्पो २०१५ आगामी शनिवार देखि आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोको शनिबार बिहान कृषि बिकास मन्त्री हरि प्रसाद पराजुलीले उद्दघाटन गर्ने भएका छन् । ‘स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’नाराका साथ आयोजना हुने सो एक्स्पोमा व्यवसायिक स्टल ६५ वटा, सूचनामुलक १० वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा सहित गरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष रहने छन् ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधीलगायतका स्टल रहने आयोजक फ्लोरीकल्चर एशोसिएसनले जानकारी दिएको छ ।

मेलामा सहभागी बिभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाप्रति स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले बताएको छ । मेलामा उत्कृष्ट मौसमी फूल,उत्कृष्ट आलंकारिक बिरुवा,उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप उत्कृष्ट पुष्प सजावट,उत्कृष्ट स्टल जस्त विभामा पुरस्कार दिइने बताइएको छ ।

साथै लामो समय देखि पुष्प व्यवसायको क्षेत्रमा संलग्न रहि व्यवसाय गरिरहेको एक जना पुष्प व्यवसायीलाई कदर–पत्रद्वारा सम्मान गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL