Logo

पाइपलाइन निर्माणलाई जाग्गा दिन आग्रह

पाइपलाइन निर्माणलाई जाग्गा दिन आग्रह



काठमाडौं । रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन भारतीय आयल निगम(आईओसी)का अधिकारीले सरकारसँग आग्रह गरेका छन् । पाइपलाइन निर्माणका विषयमा सरकारसँग छलफल थालेको आईओसीको टोलीले आइतवार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगोसँग सिष्टाचार भेट गरी यस्तो आग्रह गरेका हुन् ।

आईओसीको पाइपलाइन परियोजनाका कार्यकारी निर्देशक भीके खुराना र नायव महाप्रवन्धक सुब्रत गाङ्गुलीको टोलीले पाइपलाइन निर्माणको काम तत्कालै शुरु गर्ने जानकारी दिदै त्यसका लागि आवश्यक जग्गा उपलब्ध गराउन सचिवलाई आग्रह गरेका हन् । उनीहरुले पाईपलाईन निर्माणमा एकद्धार नीति बनाउन समेत आग्रह गरेको मन्त्रायले जनाएको छ ।

आईओसीले सोमवारदेखि निगमसँग औपचारिक वार्ता गर्ने छ । त्यस्तै, वाणिज्य तथा आपूर्ती मन्त्रीलगायतसँग शिष्टचार भेटको कार्यक्रम समेत रहेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL