Logo

लगानी कोष र राष्ट्रिय बीमा कम्पनीबीच पेन्सन बितरण सम्भौता

लगानी कोष र राष्ट्रिय बीमा कम्पनीबीच पेन्सन बितरण सम्भौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अबकास प्राप्त कर्मचारीहरुको निवृतीभरण भुक्तानी गर्न नागरिक लगानी कोष, बैक अफ काठमाण्डौं (बिओके) र रष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षण गरेका हुन । हस्ताक्षर पछि कोषका कार्यकारी निर्देशक पोखरेलले सार्वजनिक संस्थाहरुमा अबकाश प्राप्त कर्मचारीहरुको पेन्सन बितरण कार्य कोषले गरेकोले कोषे ढुङ्गा सावित हुने बताए । उनले बीमा कम्पनीबाट अवकास भएका कर्मचारीहरुको पेन्सन बितरण कोष माफर्त बिओकले गर्ने छ ।

सम्झौता पछि निवृत्तिभरण रकम भुक्तानीका लागि बैंकमा कोषले तोकेको खाता खर्च गरी पेन्सन–पट्टामा बैंक र पेन्सन भुक्तानी लिनेको दस्तखत गरी बैकले रकम भुक्तानी गर्ने छ । निवृत्तिभरकले पाउने १२ महिनाको मासिक निवृत्तिभरण र थप १ महिना बराबरको चाडपर्व खर्च सहित १३ महिनाको निवृत्तिभरण रकम कोषको निर्देशनपछि बैकले भुक्तानी गर्ने छ । निबृत्तिभरकलाई थप अन्य सुबिधा बापतको रकम भुक्तानी गर्नु परेमा बिमा कम्पनीले कोष मार्फत गरेको अनुरोधका आधारमा मात्रै बैकले थप भुक्तानी गर्नेे कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

कोषले यो भन्दा अघि नेपाल दुर संचार र प्रशाशनिक प्रशिक्षण प्रतिस्ठानबट अबकाश प्राप्त कर्मचारीहरुलाई पेन्सन बितरण कार्य गरिसकेको छ । योसँगै कोषमा निजी क्षेत्र र अन्य संस्थाको पनि पेन्सन बितरण गर्ने अनुभव रहेकोले आगामी दिनमा सरकार र अन्य निकायको पेन्सन बितरणको ब्यवस्था गर्ने तर्फ पनि कोषले गृहकार्य गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL