Logo

बैंकिङ समुह ओरालो लागेपछि ११ अंकले घट्यो नेप्से, कारोवार रकम पनि बढेन

बैंकिङ समुह ओरालो लागेपछि ११ अंकले घट्यो नेप्से, कारोवार रकम पनि बढेन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१० फागुन, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । बजार खुलेदेखि ओरोला लागेको नेप्से परिसुचक ११ दशमलव १८ अंकले घटेको छ । ९ सय ८२ अंकबाट घट्न थालेको नेप्से परिसुचक अन्तमा ९ सय ७१ अंकमा आएर अडिएको छ ।

आइतबार सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ओरोला लगेको छ । सो समुहको परिसुच ३७ दशमलव ८८ अंकले आरालो लागेको छ । त्यस्तैगरी बजारमा प्रभाव पार्ने बैंकिङक समुहको परिसुचक पनि उच्च रुपमा घटेको छ । बैंकिङ समुहको परिसुचक १२ दशमलवग २१ अंकले घटेपछि समग्र नेप्से परिसुचक पनि ओरालो लागेको हो ।

बजारमा होटल समुहको परिसुचक पनि २३ दशमलव ८१ अंकले घटेको छ । आइतबार उत्पादनमुलक समुहको परिसुचक वाहेक अन्य सवै समुहका परिसुचक ओरालो लागेको छ ।

कारोवार रकममा पनि बृद्धि हुन सकेन । आइतबार बजारमा कुल २७ लाख ४५ लाख रुपैयाँ बरावरको ६ लाख ३१ हजार कित्ता सेयर कारोवार भएको छ । दिनभर कुल १ सय ४४ वटा कम्पनीको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This